Day: २०८१ मंसिर ४, मंगलवार १८:४४

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

Breaking News 1, जागरण टाइम्स, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन आयोगले यहि मङ्सिर १६ गते हन गइरहेको स्थानीय तह उप–निर्वाचनमा विभिन्न नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको हो । निर्वाचन आयोगले पर्यवेक्षण गर्नका लागि लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई उप–निर्वाचन निर्देशिका, २०८१ को दफा १९७ बमोजिम स्थानीय तह उप–निर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् । अनुमति प्राप्त संस्थाहरूबाट खटाइने स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरूको संख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा २ जनासम्म पर्यवेक्षक रहने गरी र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज