जलविद्युत क्षेत्रको समस्या समाधान गर्न काँग्रेस दोलखाले सम्पन्न गर्यो सर्वपक्षीय छलफल

बलराम शिवाकोटी

चरिकोट ५ असोज । नेपाली काँग्रेस दोलखाले जिल्लामा सञ्चालित जलविद्युत आयोजनामा देखिएका समस्या र समाधानाका उपायका विषयमा सर्वपक्षीय छलफल सम्पन्न गरेको छ । शनिबार चरिकोटमा सम्पन्न छलफलमा राष्ट्रिय गौरवको अपर तामाकोशी जल विद्युत आयोजना लगाएत दोलखा जिल्लामा संचालित सम्पुर्ण जल विद्युत आयोजनाहरुका चुनौती, समस्या र समाधानका विषयमा व्यापक छलफल भएको हो ।

छलफलमा अपर तामाकोशी जल विद्युत आयोजना लगाएत दोलखा जिल्लामा संचालित सम्पुर्ण जल विद्युत आयोजनाहरुमा दोलखाली नागरिक समक्ष हरेक आर्थिक वर्षमा सार्वजानिक सुनुवाई गर्ने र कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । त्यसैगरीद भुकम्प, कोभिड, डलरको भाउ वृद्धिका साथै व्याजको कारण लगानी वृद्धि भई यस योजनाको सन्चित ऋण भुक्तानी गरी कम्पनी खुद नाफामा जान अझै केहि वर्ष लाग्ने छलफलको निष्कर्ष आएकोले यस कम्पनिको ऋणको व्याजदर समयानुकुल घटाउन, अन्य आयोजना सरह पिपिए संशोधन गर्न ( विद्युत खरिद विक्रि दरको पुनरावलोकन गर्न) र आयोजनाको अवधि अन्य आयोजना सरह थप गर्ने कार्य गर्न सम्बन्धित पक्ष नेपाल सरकारलाई अनुरोध गर्नसमेत निर्णय गएिको छ ।

डिम्याट खाता संचालन तथा नविकरण प्रकृया झनझटिलो भएको हुँदा सरलीकृत उपाएहरुको खोजी गरी अवलम्बन गर्ने र हाल सम्म कति दोलखाली नागरीकले डिम्याट खाता खोली कारोबार गरेका छन र कति बाँकि छन अध्यावधिक गर्ने, कम्पनिले सामाजिक विकासका कार्यहरु गर्दा जिल्लामा कृयाशिल राजनितिक दल र स्थानिय सरकारको सरसल्लाह र सुझावमा आवस्यक्ता पहिचान गरि संचालन गर्ने, रोलवालिङ हाईड्रो प्रोजेक्ट लगाएतका अन्य आयोजनाहरुमा विभिन्न जग्गाको मुआव्जा विवाद सम्बन्धमा समस्या समाधान गर्ने उपाएहरुको खोजि गरि यथासिघ्र समस्या समाधान गर्न पहल कदमी गर्ने पनि निर्णय गरिएको छ ।

विभिन्न समयमा दोलखाका संघ संस्था तथा नागरिकहरुले पेश गरेका निष्कर्ष, प्रतिवेदन र ज्ञापन पत्र समेतमा उठेका उचित बुँदाहरुलाई समेटेर नेपाल सरकारको ध्यानाकर्षण गराउने र कार्यान्वयन गर्नको लागी पहल गर्नेे सर्वपक्षीय छलफलले निर्णय गरेको छ ।
नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु जिल्ला समन्वय समिति सभापति, प्रमुख जिल्ला अधिकारी, अपर तामाकोशी जल विद्युत कम्पनी लि. का कार्यकारी अधिकृत लगाएतका प्रतिनिधिहरु दोलखा जिल्लाका नगर तथा गाँउपालिका प्रमुख तथा उप प्रमुखहरु, प्रभावित क्षेत्रका वडाअध्यक्षहरु,पत्रकार महासंघ दोलखाका अध्यक्ष लगायतको सहभागिता रहेको कांग्रेस दोलखाका मुख्य सचिव भोजराज चौँलागाईले बताउनुभयो ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार ...
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा ...
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

रोशिला खडका। दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ...
निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन ...
नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन  उमा मगर शेर्पा

नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन उमा मगर शेर्पा

दाेलखा २ मंसिर । गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नैकपा एमालले काे तर्फबाट उमा मगर शैर्पा ले उमेदवारी दर्ता गर...
बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

मकवानपुर, १३ असोज । बागमती प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ । शनिबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन...
देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले जनधनको क्षति भएपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न स्थानिय तहहरुलाई...
अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

रोशिला खड्का, दोलखा १२ असोज । ३ दिन देखिको अविरल वर्षाको कारण दोलखाको  सदरमुकाम चरिकोटमा घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु भए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज