छविन्द्र चौलागाई
चरिकोट, असोज ५ गते ।
दोलखाको सदरमुकाम स्थित सातदोबोट चोकमा फेला परेको मृगको पाठोका उद्धार गरिएको छ । शनिबार दिउँसो सातदोबाटोमा फेला परेको मृगको पाठो डिभिजन वन कार्यालय दोलखा र प्रहरीको सहयोगमा उद्धार गरी प्राकृतिक बासस्थानमा छोडिएको हो ।
दिउँसो बजारमा मृग देखिएपछि स्थानियले जिल्ला बन कार्यालय दोलखालाई खबर गरेका थिए । उद्धारका क्रममा डिभिजन बन कार्यलय दोलखाका रेन्जर गुप्त बस्नेतले वन्यजन्तु तथा प्रकृति संरक्षणमा कैयौँ वर्षदेखि दोलखाले गरेका काम र प्राप्त उपलब्धिलाई ‘सफल अभ्यास’का रूपमा हेरिएको बताए ।
उद्धार टोलीले उद्धार गरि प्राकृतिक बासस्थान जंगल क्षेत्रमा लगेर छोडिएको सामाजिक अभियानता एबम सामुदायिक बन उपभोक्ता महासंघ नेपाल दोलखा कोषाध्यक्ष राजन बस्नेतले बताए । बस्नेतका अनुसार मृगलाई भिमेश्वर नगरपालिका – ५ स्थित च्यासे भगवती सामुदायीक वनमा लगेर छोडिएको हो । सामाजिक अभियन्ता बस्नेत भन्छन – “वन्यजन्तु संरक्षणसम्बन्धी सरकारका नीति निर्माणदेखि कार्यान्वयनसम्म अझ बढ्ता मानवकेन्द्रित पक्षहरू समेट्नुपर्ने आवश्यकता दिनदिनै बढिरहेको छ । तर एकको विकल्प अर्को भन्ने ढङ्गले यसलाई हेर्नु सबैभन्दा दुर्भाग्यपूर्ण हुन्छ ।”
यस भन्दा अघि पनि सामाजिक अभियानता बस्नेतले भिमेश्वर ७ साखिने स्थित लोपओन्मुख प्रजातिको बिरामी स्थितिमा रहेको निर बिरालो लगायतको उद्दार गरी डिभिजन बन कार्यलय दोलखालाई जिम्मा लगाइएको जानकारी दिए ।