रोशिला खड्का, दोलखा १२ असोज । ३ दिन देखिको अविरल वर्षाको कारण दोलखाको सदरमुकाम चरिकोटमा घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ वर्षिय बालक गम्भीर घाइते भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ६ मैदानेमा पहिरोले ३६ वर्षिय राजकुमार भुजेलको घर भत्किदा राजकुमार भुजेल, ३६ वर्षिया राधिका भुजेल, १५ वर्षिय सुजन भुजेलको मृत्यु भएको छ ।
गम्भिर घाइते ३ बर्षिय बालक युवराज भुजेलको उपचारको लागि धुलिखेल अस्पताल पठाईएकाो छ।पहिरोमा पुरिएका ३ बर्षिय भुजेललाई सुरक्षाकर्मी र स्थानीयले सकुशल उद्धार गरेका छन् । उनको अवस्था खतरामुक्त रहेको दोलखा प्रहरीले जनाएको छ । अविरल बर्षापछि स–परिवार घरमा बसिरहेका बेला दिउँसो घरमाथिवाट पहिरो खसेको हो ।
त्यसैगरी अविरल वर्षाको कारण दोलखाको बिगु गाउपालिका १ लामाबर स्थित कन्ट्रोल भवन पहिरोले पुरिदा दुई जान नेपाली सेना र दुई अपर तामाकोसीका कर्मचारी ,एक सुरक्षा गार्ड सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङभित्र कार्यरत ५जना बेपत्ता भएका छन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाली सेनाको गरुडदल गण चरिकोट लाई उद्धार गरिदिन आग्रह गरेको छ।
नेपाली सेनाको गरुडदल गणका २ जना, कम्पनीका २ जना र एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको भन्दै तत्काल हेलिकप्टर तथा अन्य उपायबाट उद्धार गर्न कम्पनीले आग्रह गरेको हो ।
उद्धार कार्यमा प्रयोग हुने हेलिकप्टरको सम्पुर्ण खर्च समेत कम्पनीले व्यहोर्ने केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए।
। अविरल वर्षाका कारण आएको पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ