रोशिला खडका। दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् । शेर्पाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई पछि पार्दै विजयी भएकी हुन् ।
एमालेकी उम्मेदवार शेर्पाले २८ सय ५ मत पाउँदा माओवादी उम्मेदवार निमलेकी शेर्पाले २६ सय मत पाएकी छिन् । एमाले उम्मेदवार शेर्पाले २ सय ५ मतले माओवादी उम्मेदवारलाई पछि पार्दै जित निकालेकी हुन् । यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पाले १७ सय २७ मत पाएकी छिन् ।
यस अघि २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोहि पदमा नेपाली कांग्रेसबाट श्यामसुन्दर तमाङ विजयी भएका थिए । तमाङको मृत्यु भएपछि सो पदमा उपचुनाव भएको हो । कांग्रेसले स्वर्गीय तमाङकी पत्नी पासदिकी शेर्पालाई उम्मेदवार बनाएको थियो ।