छविन्द्र चौलागाईँ, दोलखा, १३ बैशाख । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाले हात पारेको छ ।
बुधबार सम्पन्न फाइनल चरणको खेलमा कालिञ्चोक गाउँपालिकाले जिरी नगरपालिकालाई हराउँदै उपाधीसहित नगद रु. एक लाख १० हजार हात पार्न सफल भएको छ भने उपविजेता बनेको जिरी नगरपालिकाले नगद रु. ७५ हजार रुपैँया हात पारेको छ । त्यस्तै मेलुङ गाउँपालिकाले तृतीय स्थान हासिल गर्दै रु. ५० हजार हात पार्न सफल भएको छ । प्रतियोगितामा विगु गाउँपालिका चौथो स्थान प्राप्त गर्दै रु.२५ हजार प्राप्त गर्न सफल भएको छ ।
गौरीशंकर गाउँपालिका अध्यक्ष विस्वास कार्कीको अध्यक्षयतामा सम्पन्न प्रतियोगिताको उद्घाटन दोलखाका संघीय सांसद गंगा कार्कीले गरेका थिए भने खेलको समापन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय