काठमाडौं, ३ चैत । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले शनिबारबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ घटाएको हो।

नेपाल आयल निगमले शुक्रबार सुचना निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको जानकारी दिएको हो ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय