दोलखा, ९ चैत । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुरीको तिनेखु भन्ने ठाउँबाट सिङ्गटी बजार तर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठूलो चौतारा भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा ट्याक्टर चालक गौरीशङ्कर ५ तिनेखुको २२ /२३ वर्षका वुद्धवीर तमाङ र गौरीशङ्कर ५ भोर्लेका अन्दाजी ४५ वर्षका अमृत तमाङ रहेको प्रहरीले बताएको छ

। दुर्घटनामा परी घाइते भएका भोर्लेकै पेम्बा तमाङलाई उपचारका लागि सिङ्गटी ल्याइएको छ ।

ट्याक्टर सडकबाट करिव ५० मिटर तल झरेको घटनास्थलबाट स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय