रोशिला खड्का
काठमाडौँ २८ साउन । नेपाल विद्यार्थी संघ, दोलखाले केन्द्रीय तदर्थ कार्य समितिमा मनोनित हुने केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समिति दोलखाले शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा दोलखा जिल्लाबाट प्रतिनिधित्व गरी नेविसंघको केन्द्रीय सदस्य बन्न सफल केन्द्रीय तदर्थ कार्य समितिका सदस्यहरुलाई सम्मान गरेको हो । मनोनित केन्द्रीय सदस्यहरुलाई नेविसंघ दोलखाका अध्यक्ष प्रनिल तमाङ तथा सचिव ई.सुस्मित खड्का लगायत नेविसंघ दोलखाका नेताहरुले सम्मान गर्नुभएको हो
गत साउन २६ गते नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा दोलखा जिल्लबाट बिनोद कार्की, शुसान्त तमाङ, राकेश शिवाकोटी, आङ्निमा शेर्पा, रञ्जन खड्का, सुम्निमा पाख्रिन, प्रतिभा उप्रेती, विफुलाल तमाङ र सन्तोष श्रेष्ठलाई मनोनयन गर्नु भएको थियो ।
सम्मानित केन्द्रीय सदस्यहरुले नेपाल विद्यार्थी संघको विधि, विधान र विद्यार्थी आन्दोलनको रक्षाको निमित एक जुट भएर अगाडि बढ्ने प्रणसमेत गरेको नेविसंघ दोलखाका सचिव ई. सुस्मित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय