दोलखा, २० चैत्र । दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ की एक वृद्धाको बसको ठक्करबाट मृत्यु भएको छ ।

विगु ३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको रोल्वालिङ यातायातको बा २ ख ६३७४ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो । काठमाण्डौबाट बुलुङतर्फ गइरहेको सो यात्रुबाहक बसले सोमबार साँझ सिङ्गटी–बुलुङ सडक खण्ड अन्तर्गत विगु ४ फिस्टेढुङ्गा स्थित सडकमा पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिए ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव घटनास्थलमै रहेको र यातयात समिति एवं पीडित पक्षबीचको छलफल पश्चात आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय