दोलखा, २५ माघ । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।दोलखाको सदरमुकाम चरिकोटमा आज सम्पन्न १०औं जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेललाई हराउँदै दोस्रो कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा बिजयी हुनुभएको हो ।यस अघि पार्टीको नवौँ अधिवेशनमा उहाँ पहिलोपटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले कुल ३ सय ३३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरका साथ पराजित गर्नुभएको हो । पोखरेलले २ सय ३८ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत पाउनु भएको छ ।

यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर बिजयी हुनुभएको छ । मानन्धर ३ सय ३६ मतसहित विजयी हुनुभएको हो ।मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गर्नुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाउनु भएको छ । नवौं अधिवेशनमा पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष भई सक्रिय राजनीतिमा लाग्नुभएका मानन्धर दोश्रो कार्यकालका लागि निर्वाचत हुनुभएको हो ।

एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी हुनुभएको छ । खड्का ३ सय ४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । खडकाले प्रतिस्पर्धी कृष्ण वस्नेतलाई २० मतले पराजित गर्नुभयो ।

एमाले दोलखाको खुला उपसचिवमा हरि ओली र महिला उपसचिवमम कमला बस्नेत र्निाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय