रोशिला खड्का दोलखा, फागुन दोलखा जिल्लाको भिमेश्वोर नगरपालिका वार्ड नं ४ जिलुकी मन्दिरा चौलागाईले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयका विद्यार्थीहरुको सहकारीमा खाता खोलिदिएकी छन् । सर्व माध्यमिक विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने ८० जना छात्रा, छात्रहरुलाई प्रति विद्यार्थी ५ सय रुपियाँका दरले ४० हजार रुपैया रकमसहित जिलुकै ‘जिलु साना किसान कृषि सहकारी सस्था’मा बाल बचत खाता खोली रकम जम्मा गरिदिएकी हुन् ।

जिलुको सर्व माविमा आयोजित रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरी मन्दिराका बाबु आमा डम्बर चौलागाई र मेनुका चौलागाईले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक विश्वमणी चौलागाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज चौलागाईलाई रकम हस्तान्तरण गरेका थिए । अध्ययनको सिलशिलामा हाल अष्ट्रेलियामा रहेकी मन्दिराले बालबालिकाहरुमा विद्यालय उमेरदेखि नै बचत गर्ने बानीको विकास होस् र पछि गएर आर्थिक रुपमा पनि सबल बनुन् भन्ने उद्देश्य राखेर आफु उक्त कार्य गरेको मन्दिराले बताइन् ।कार्यक्रममा जिलु साना किसान कृषि सहकारीका प्रतिनिधिहरु, कर्मचारीहरु,स्वास्थ कर्मचारी सबिना सापकोटा , सहकारी सस्थांका कोषाध्यक्ष श्रवण चौलागाईं, विद्यालयका शिक्षक, अभिभावकलगायतको उपस्थिति थियो । मन्दिराका बुबा डम्बर प्रसाद चौलागाई पेशाले शिक्षक हुन् भने आमा मेनुका चौलागाई जिल्ला समन्वय समिति, दोलखाकी सदस्य हुन् ।उनीहरुको भनाइ छ- ”छोरीको यो उदाहरणीय कार्यले हामीहरु धेरै खुसि छौँ र छोरी मन्दिरालाई अझ धेरै सामाजिक कार्यमा लाग्न प्रेरणा मिलोस् ।

”कार्यक्रम भिमेश्वर नगरपालिका वार्ड नं ४ का निर्वाचित वडा सदस्य (कार्यबाहक वडा अध्यक्ष) कृष्ण कुमार श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय