२३ चैत, चरिकोट । दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर २, पुटिस्याङबाट सिंगटी तर्फ आउँदै गरेको लु ३ त १७१४ नं.को ट्याक्टर आज बिहान १० बजेतिर खेतमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोक २ बाबरे बस्ने अन्दाजी ३६ वर्षीया सन्चीमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिहान १० बजेको समयमा कालिन्चोक गाउँपालपका वडा नम्बर २ पुटिस्याङ स्थित भित्री कच्ची सडक खण्डमा  पुटिस्याङबाट सिंगटी तर्फ आउदै गरेको सो ट्याक्टर सडकबाट अन्दाजी ३५ मिटर तल खेतमा खसी दुर्घटना भएको प्रहरीले बताएको छ ।

बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय, सिँगटीलाई खबर  प्राप्त हुन साथ प्रहरी नायव निरिक्षकको टोली गएर घाईतेहरुलाई उद्धार गरी उपचारको  लागि धुलिखेल शाखा अस्पताल, दोलखा पठाइएको बताइएको छ ट्याक्टरमा सबार  ४ जना घाईतेहरुमा, मृतक सन्चीमाया थामीकी छोरी १७ वर्षीया अस्मिता थामी, ३० वर्षीया बाल कुमारी थामी, ३० वर्षकै निशा धामी र ३ वर्षीया बालिका टुकी थामी रहेका छन् । बालकुमारीको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ मृतकको शव आवश्यक मुचुल्का पछि पोष्टमार्टमको लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ ।

     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय