दोलखा, २३ बैशाख । दोलखाको विगु गाउँपालिका वडा नम्वर  ६, आलम्पुमा वनतरुल जस्तो देखिनेविषादी फल खादा ७३ वर्षीय नरबहादुर थामीको मृत्यु  भएको छ। २२ गते दिउँसो  ४ बजेको समयमाजङ्गलबाट ल्याएको वनतरुल जस्तो देखिने फल सेवन पश्चात बान्ता गरिरहेको अबस्थामा मृतककीश्रीमती चन्द्रमाया थामीले देखेपछि उपचारको लागि धुलिखेल अस्पताल, दोलखामा ल्याउँदा ल्याउँदैबाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । 

मृतकको  प्रारम्भिक अनुसन्धान तथा घट्नास्थल, लाश जाँच लगायत पोष्टमार्टम पश्चात शवआफन्तले बुझि लागेको दोलखा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय