दोलखा ३१ बैशाख
। ‘साथीको लागि साथी’ समूहको अध्यक्षमा रवीन्द्र नारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छ्न ।
साथीको लागी साथी समुह दोलखा काठमाडौको पाँचौ साधरण सभा तथा दोस्रो अधिबेशनले रबिन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा सम्पन्न भएको दोश्रो अधिवेशले समाजसेवी एबम सफल व्यावसायि रबिन्द्र नारायण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष लुना श्रेष्ठ,सचीव बसन्त कुमार श्रेष्ठ,कोषध्यक्ष पर्बत श्रेष्ठ सदस्यहरु अनिता श्रेष्ठ,ललिता श्रेष्ठ,धर्म नारायण श्रेष्ठ रहने गरी ७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठ आफुले नेतृत्व गरेको साथीका लागि साथी समुह दोलखाले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण र दीर्घकालीन कार्यक्रमहरु आयोजना गर्ने योजना बनाइरहेको साझा दृस्टी अनलाइनलाई जानकारी दिदै समाजमा रहेका बिकृती ,बिसङती लाई समेत चिरफार गर्दै समुन्नत समाज निर्माणका लागि आफुहरु निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय