दोलखा ३ भाद्र । जिल्ला खेलकुद बिकास समिति दोलखाको आयोजना तथा नेपाल डोरीतान संघको प्राविधिक सहयोगमा जिल्ला स्तरीय डोरी तान संघ गठन भएको छ । शनिबार एक समारोहको आयोजना गरी सदरमुकाम चरिकोटमा राजन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय डोरीतान संघ गठन गरीएको हो । राजन बस्नेत अध्यक्ष रहेको संघमा उपाध्यक्षमा गिता श्रेष्ठ, भरत बस्नेत, सचीवमा गणेश कुमार प्रजा, सहसचिव निर्मल खड्का, कोषध्यक्ष सरीता श्रेष्ठ तेसैगरी सदस्यहरुमा वसन्ती तामाङ,निर भुजेल,प्रकाश बस्नेत, राजन खड्का,श्रीकृष्ण बस्नेत ,रामहरी शिवाकोटी ,सविना श्रेष्ठ ,प्रेम तमाङ रहनेगरी तदर्थ समिति गठन गरीएको आयोजकले जानकारी दिएको छ ।

भेलाले ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ
जसमा सल्लाहकार संयोजक रामहरी सिवाकोटी सदस्यहरुमा
अशोक कुमार श्रेष्ठ ,गोकर्ण भण्डारी,रानु श्रेष्ठलाइ चयन गरेको हो ।
जिल्ला खेलकुद बिकास समिति दोलखाको अध्यक्ष रामहरी सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डोरीतान संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य भट्टराई, ने.क्यो.से.क सं का अध्यक्ष अशोक कुमार श्रेष्ठ ,ने. सो क .सं का केन्द्रिय सदस्य भरत प्रधान, पत्रकार गोकर्ण प्रसाद भण्डारी र सामाजिक अभियानता राम देवी (श्रेष्ठ रानु )ले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय