काठमाडौं, भदौ ३० । काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा दोलखाका तीनसहित चार जनाको हत्या भएको छ । दोलखाका तीन जना एकै परिवारका रहका छन् ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

तिनकुने गैह्रीगाउँमा रहेको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय