दोलखा १७असोज । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित हरीकृर्तन आधारभूत बिध्यालय र श्री साखिने आधारभुत बिध्यालयमा १० वटा कम्प्युटर सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियानता राजन बस्नेतको बिषेश पहलमा भीमेश्वर नगरपालिका वडा न:७ कुप्री घर भइ हाल काठमाडौं मा बसोवास गर्ने समाजसेवी तथा शिक्षा प्रेमी ,जेम्स ग्रुप सर्भिस एजुकेश कन्सलटेन्सीका प्रोपाइटर कुलराज थापा र विबुध लुइटेलले एक कार्यक्रम को बिच स्वयम् उपस्थिति भइ ५ लाख बराबरको १० कम्प्युटर सहित शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

जेम्स ग्रुप सर्भिस एजुकेश कन्सलटेन्सीका प्रोपाइटर थापाले दोलखामा रहेको एक मात्र बालगृह गौरीशङ्कर र आमाको माया छात्रबासमा रहेका अबिभावक बिहिन बालबालिका हरुलाइ समेत स्कुल ब्याग सहितका स्टेशनरी र खाजाको प्याकेज समेत बितरण गर्नुभयको अभियन्ता बस्नेतले जानकारी दिनुभयो ।
समाजसेवी थापाले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बालबालिकाहरु सग खुशी साट्न पाउदा आत्मा सन्टुस्टी भयको अनुभुति गरेको बताउदै आजाको एक्काईसौं सताब्दिमा बालबालिकाहरु आधुनिक तरीका बाट प्रबिधिमैत्री वातावरण मा पढ्नको लागि आफुले कोसेली स्वरुम सहयोग उपलब्ध गराएको र बिध्यार्थीहरुले कोसेलीलाइ सदुपयोग गर्न समेत आग्रह गर्नुभयो । शिक्षा प्रेमि थापाले आगामि दिनहरुमा बालबालिका बिध्यार्थीहरुका लागि छात्रबृत्ति समेतको ब्यबस्थापन गरी बालबालिका माझ उपस्थिति हुने समेत प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

थापाले यस अघि पनि गरीब ,बिपन्न्,अबिभावक बिहिन बालबालिका,जेहेन्दार बिध्यार्थीका लागि शैक्षिक सामाग्री सहित खाध्यन्न सामाग्री र लत्ता कपडा समेतको ब्यबस्थापन गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस दोलखाका पुर्ब पार्टी कोषाध्यक्ष, एबम नेपाली काङ्ग्रेस दोलखाका पुर्ब महादिवेशन प्रतिनिधि समेतको जिम्मेवारी कुशलता पुर्बक निर्वाह गरीसक्नु भयका थापा आफ्नो कठोर श्रमको कमाई समाजसेवामा लगानी गर्नसक्ने ,धेरै बेसाहाराहरुको साहरा, असाहायहरुको बैशाखी बनेर आफ्नो दुःख र पिडाको कुनै प्रवाह नगरी अरूको भलाई र खुशीका लागि समर्पित भयको प्रस्ट देख्न सकिन्छ्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय