काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनःविश्वासको मत लिएका हुन्।

बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो । प्रधानमन्त्रीलाई विश्वासका लागि प्रतिनिधि सभामा १३८ सांसदको मत आवश्यक थियो।

आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्। यो उनको तेस्रो विश्वासको मत हो ।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् । एक सांसद तटस्थ बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय