जागरण टाईम्स
दोलखा,५ चैत ।भीमेश्वर नगरपालिका वडा नं. २ मा अवस्थित राजकुलेश्वर आधारभूत   विद्यालयका विद्यार्थीलाई आज उई केयर नेपाल नामक संस्थाले
विद्यालय पोसाक वितरण गरेको छ ।

आईतबार विद्यालयका ८६ जना विद्यार्थीहरुलाई एक समारोहका बिच संस्थाका कृष्णप्रसाद ढुङ्गाना, रमेश प्रसाद ढुङ्गाना, मनिस प्रसाद ढुङ्गाना र शिव श्रेष्ठको टाेलीले ट्रयाक सुट र टिसर्ट वितरण गरेकाे हो ।


स्थानीय समाजसेवी तथा भीमेश्वर नगरपालिका वडा नं. २ का पूर्ववडाध्यक्ष विराजमान श्रेष्ठ र राजहिटी समाज दोलखाका अध्यक्ष विक्रम मल्लको विशेष पहलमा उई केयर नेपाल नामक संस्थाले विद्यालय पोसाक विद्यार्थीलाई पोसाक सहयोग गरेको शिक्षक बलराम शिवाकोटीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानले विद्यालयको तर्फबाट संस्थालाई धन्यवाद ज्ञापनसहित प्रशंसा–पत्र प्रदान गर्नु भएको थियो ।

अनुशासित विद्यार्थीले देशको, समाजको, परिवारको हित र कल्याणबारे सोच्दछ । अनुशासन विद्यार्थी जीवनका निम्ति महत्वपूर्ण कुरा हो पोसाक वितरण समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष प्रधानले भन्नुभयो असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् , अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्वपूर्ण स्थान छ।

पोसाक वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानको अध्यक्षतामा भएको थियोे । सहयोग गर्ने दाताहरूलाई विद्यालयकी शिक्षक तुलशा मैनालीले आैपचारिक रूपमा स्वागत गर्नुभएको थियो ।

आजै भिमेश्वर नगरपालिका २ मा रहेकाे बालमन्दिर विद्यालयका ४२ जना विद्यार्थी लाई समेत उई केयर नेपाल नामक संस्थाले विद्यालय पोसाक वितरण गरेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय