काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

क्यानले सोमबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो ।

क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय