काठमाडौं । सामसुङ कम्पनीले आफ्नो ग्यालेक्सी एस सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एस २३ हालै सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एस २३ सिरिजमा तीन वटा मोडेल सार्वजनिक गरिएकोमा ग्यालेक्सी एस २३ अल्ट्रा सबैभन्दा महंगो तथा शक्तिशाली स्मार्टफोनको रुपमा रहेको छ ।

यो स्मार्टफोन सामसुङको हालसम्मकै सबैभन्दा महंगो स्मार्टफोन समेत हो । सामसुङले यो स्मार्टफोनमा रहेको क्यामराका विषयमा विभिन्न खालका दाबी गर्दै आएको छ । २ सय मेगापिक्सेलको मुख्य क्यामरा रहेको उक्त स्मार्टफोनको क्यामरा जूमबाट ट्वीटरका सीईओ तथा अर्बपति एलन मस्क समेत प्रभावित भएका छन् ।

खासै अरुको प्रसंसा गर्ने बानी नभएका एलन मस्कले सामसुङको सबैभन्दा पछिल्लो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस २३ अल्ट्रामा रहेको क्यामराको खुलेरै प्रसंसा गरेका हुन् । उनले त्यसका बारेमा एक ट्वीट गरेका छन् । ग्यालेक्सी एस २३ अल्ट्राले चन्द्रमाको प्रष्ट तस्वीर खिचेको एउटा भिडियो ट्वीटरमा शेयर गरिएकोमा मस्कले उक्त भिडियोमा टिप्पणी गर्दै वाह लेखेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक अमेरिकी युट्युबर मार्कस ब्रोनलीले सो भिडियो पोस्ट गरेका थिए ।

भिडियोमा उनले ग्यालेक्सी एस २३ अल्ट्राबाट १०० गुणा जूममा चन्द्रमाको तस्वीर खिच्दा कस्तो देखिन्छ भन्ने देखाएका छन् । भिडियोसँगै उनले ट्वीटमा लेखेका छन्, ‘मलाई थाहा छैन कि १०० गुणामा चन्द्रमाको तस्वीर खिच्ने आवश्यकता कसलाई होला ? तर यसका लागि ग्यालेक्सी एस २३ अल्ट्रा फोन तपाईँका लागि उपलब्ध छ ।’for test copy by https://www.onlinekhabar.com/2023/02/1260050

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय