‘दोस्रो सातामापनि ‘ह्यारीकी प्यारी’ हेर्ने दर्शकको चाप बढ्दै फिल्मको उत्कृष्ट प्रतिक्रियाले दर्शकमा यसको प्रभाव पर्दै छ । मेरो फिल्मले बम्पर हानेको छैन । खतम व्यापार पनि छैन । २० गते रिलिज भएको फिल्मले आजको दिनसम्म पनि दर्शकको साथ पाइराखेको छ । लगातार एउटै अनुपातमा छ । आशा छ अझै लामो समय प्रदर्शन जारी हुनेछ ।’ जितु आशावादी देखिए ।

दोस्रो शुक्रवारसम्म फिल्मले ८५ लाख ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ । आज शनिवारको व्यापारिक रिपोर्टसँगै सिनेमाले करोडको आँकडा छुने अनुमान गरिएको छ ।

फरक पृष्ठभूमिका दुई व्यक्तिबिचको सम्झौताको विवाहले जीवनमा आउने परिवर्तनको कथा भन्ने सिनेमाको कथावस्तुको दर्शकले तारिफ गरेका छन्। यस्तै पहिलो पटक सँगै काम गरेका जितु र साम्राज्ञीको जोडीलाई पनि रुचाइएको छ ।

जितु, साम्राज्ञी र विजयसँगै फिल्ममा लक्ष्मी गिरी, सुवाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरूको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको फिल्ममा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यु निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा डा. भोला रिजालको निर्माण छ । फिल्मको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय