छविन्द्र चौलागाई ४ फागुन । जिल्ला आयुर्वेद कार्यालय दोलखाले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । चरिकोटमा आज सम्पन्न अन्तरक्रियामा जिल्ला आयुर्वेद केन्द्रमार्फत उपलब्ध हुने सेवा तथा आगामि कार्यक्रमहरुका बारेमा जानकारी दिइएको छ ।
जिल्ला आयुर्वेद कार्यालय दोलखाका प्रमुख डाक्टर मनोज कुमार चौधरीले कार्यलयका गतिविधि र भावि योजनाहरु सुनाउँदै, हाल जिल्लाभर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चरिकोट, लापिलाङ आयुर्वेद औषधालय कालिन्चोक गाउँपालिका, भेडपु आयुर्वेद औषधालय मेलुङ गाउँपालिका,र तमाकोशी गाउँपालिकामा सेवा दिइरहेको र भविष्यमा जिल्लामा जिल्लामा न्यूनतम १२ रोपनी जग्गा प्राप्ति भएको खण्डमा अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निर्माण गर्न सकिने बताउँनुभयो । सो कार्यको सहयोगको लागि सदरमुकाम चरिकोटको आसपासमा जग्गा उपलब्ध गराई दिन, तथा आवश्यक सहजीकरण गर्न स्थानीय सरकार, स्थानिय प्रशासन , नागरिकसमाज र संचारकर्मीहरूसँग अनुरोध गर्नुभयो । उक्त कार्यको लागि डिपिआर गर्न बजेटसमेत आएको तर ,जग्गा नभएको कारणले फिर्ता गर्नु पर्ने अबस्था आएको डा. चौधरीले बताउनुभयो । डा. चौधरीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले छिट्टै अकुपंञ्चर सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो ।



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेखर पौड्यालले स्थानीय सरकारका प्रतिनिधि ,राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला नागरिक संग समन्वय गरि अस्पताल निर्माणका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । मानव जिवनमा आयुर्वेदको धेरै महत्व रहेको बताउँदै पौड्यालले आयुर्वेदको प्रयोग गर्न सके मानिस मानसिक रुपमासमेत स्वस्थ भई सधैँ खुसी हुन सक्ने बताउनुभयो ।

अन्तरंग सेवा सहितको कम्तिमा ५० शैयाको जिल्ला आयुर्वेद अस्पताल निमार्णका लागि जग्गा उपलब्ध गराउन पहल गर्न बताएकाछन । जिल्ला आयुर्वेद केन्द्र चरिकोटका डा.सुकृति ढुङगानाले मानव जीवनमा आयुर्वेदको महत्त्व धेरै रहेको र यो नेपालको मौलिक चिकित्सा पद्धति रहेको बताउनु भयो । आयुर्वेदलाई अथर्ववेदको पनि उपवेद वा पाँचौ वेद भनिन्छ भन्दै उहाँले आयुर्वेदले मानवको शारीरिक, मानसिक र अध्यात्मिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । नेपालमा रहेको बैकल्पिक चिकित्सा पद्धतिहरुमा, प्राकृतिक चिकित्सा पद्धति, योग, होमियोप्याथी, आदि रहेको जानकारी दिँदै उहाँले आयुर्वेदले बिरामी मान्छेको मात्र स्वास्थ्य समस्या समाधान गर्र्ने नभइ स्वस्थ मानिसकोसमेत स्वास्थ्य रक्षा गर्ने बतानुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महाुसंघका अध्यक्ष दीपशंकर चौलागाईँले आयुर्वेदिक औषधीको प्रयोग गर्न सके मानिसका ठुला ठुला रोग पनि निको हुने बताउनुभयो । आधुनिक चिकित्सा विधिबाट निको नभएका कयौँ रोगहरु पनि आर्युेर्वेकि औषधिको प्रयोगले ठिक भएकोले यसको प्रयोगलाई बढाउन जोड दिनुभयो ।

जिल्ला आयुर्वेद कार्यालयका अधिकृत हरिनारायण यादवले भने बागमती प्रदेशमा , ८ लाख २५ हजार जनताको माझमा १ प्रदेश स्तरीय आयुर्वेद स्वास्थ्य संस्था,करिव १ लाख ९ हजार जनताको माझमा १ आयुर्वेद औषधालय ,करिव १ लाख ३८ हजार जनताको माझमा १ नागरीक आरोग्य सेवा केन्द्रले आयुर्वेद स्वास्थ सेवा दिएको छ । अन्तरक्रिया कार्यक्रममा दोलखाका ३० जना संचारकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय